रौतहट, १४ चैत । रौतहटको गरुडा नगरपालिका १ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत फेला परेकी छन् ।
डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी बैठा मृत फेला परेकी हुन् । बाराको विश्रामपुर घर भएकी उनी छात्रावासको बाथरुममा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
झुन्डिएको अवस्थामा छात्रा सुमन मृत फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














