काठमाडौं, १२ चैत । सिरहाका एसपी रमेश पण्डितलाई प्रहरी हेडक्वार्टर काठमाडौं झिकाइएको छ ।
उनलाई हेडक्वार्टर झिकाएर सिरहामा भने पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ ।
स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले झिकाइएको छ ।
यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो ।
महायज्ञको नाममा एक दलित परिवारको घर हटाएको विषय सार्वजनिक भएपछि उनलाई गृह मन्त्रालय तानिएको थियो ।














