काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध अझै राम्रो भएर अघि बढ्ने बताएका छन् ।
सुजता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । सभापति देउवाले भने,‘ओलीजी र कांग्रेस पार्टीबीच सम्बन्ध समधुर भएको छ ।
कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ ।’ उनले प्रधानमन्त्री ओलीसँग आफ्नो जेलदेखिकै सम्बन्ध रहेको र अहिले त्यो सम्बन्ध झनै राम्रो हुँदै गएको उल्लेख गरेका छन ।














