काठमाडौँ, ८ चैत । एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएको हो । एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन।
आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ भने आगलागीबाट १४६ पशुचौपाया मरेका छन् । आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
मधेशमा १०५, बागमतीमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकीमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिममा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिएका छन । अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।












