काठमान्डौँ, ८ चैत । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ ।
आज शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।














