चितवन, ७ चैत । चितवनकी पत्रकार संगीता बानियाँको निधन भएको छ ।
ब्रेन क्यान्सरको उपचारको क्रममा रहेकी बानियाँको बिहिवार बिहान चितवन मेडिकल कलेजमा निधन भएको उनको पारिवारजनले जनाएको छ ।
भरतपुर–१६ शिवनगर निवासी बानियाँ बानियाँलाई सुरुमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको चिकित्सकले बताएका छन् ।
उनको शव आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने उनका जेठाजु श्याम सिलवालले जानकारी दिए ।
पत्रकार महासंघ चितवनकी सदस्य बानियाँ चितवनको शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।














