काठमाडौं, ६ चैत । मेडिकल व्यसायी दुर्गा प्रसाईले सोमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दावी गरेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दावी गरे ।
उनले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए ।
आफूले नेपाललाई तस्करले सुन तस्करीको इपिसेन्टर बनाइरहेको र त्यसबाट भारतलाई क्षति भइरहेको जानकारी पटकपटक गराएको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनले दावी गरेको छ ।














