एजेन्सी । इजरायलले गाजा क्षेत्रमा अचानक भीषण आक्रमण गरेको छ ।
आक्रमणमा बालबालिका सहित एक सय भन्दा बढीको मृत्यु भएको छ । युद्धविरामका कारण २ महिना रोकिएको आक्रमण इजरायलले फेरि सुरु गरेको छ ।
इजरायली सेना आईडीएफले हमास समूह लक्षित आक्रमण तीव्र पारेको बताएको छ । आईडीएफले यो आक्रमण तत्काल नरोकिने र स्थलगत आक्रमण पनि सुरु हुने बताएको छ ।
त्यसअघि इजरायली प्रधानमन्त्र बेन्जामिन नेतन्याहूले हमासविरुद्ध कडा कारबाहीको आदेश दिँदै आवश्यक सैन्य शक्ति बढाइने बताएका थिए ।
गत जनवरी १९ मा इजरायल र हमास समूहबीच युद्धविराम सहमति भएपछि आक्रमण रोकिएको थियो ।














