KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सशस्त्र प्रहरी बलले मुख्यमन्त्री सिँहको निर्देशनमा सेतो अण्डा नष्ट गर्दै

सशस्त्र प्रहरी बलले मुख्यमन्त्री सिँहको निर्देशनमा सेतो अण्डा नष्ट गर्दै

जनकपुर, ३ चैत । सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएलगत्तै सशस्त्र प्रहरी बलले अभियानकै रूपमा प्रतिबन्धित सेतो अण्डाको ओसारपसार तथा बिक्रीवितरणलाई निरुत्साहित हुनेगरी सेतो अण्डा बरामद तथा नष्ट गर्ने काम दिनहुँ गर्न थालेको छ ।

मुख्यमन्त्री सिँहले गत फागुन २१ गते अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका थिए । उनले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता पदार्थको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका थिए ।

उनले पोल्ट्रीजन्य पदार्थको अवैध आयातलाई रोक्न अभियान नै थाल्नुपर्ने र त्यसमा नेपालका पोल्ट्री व्यावसायीसँगै सरोकारवालाहरूले अग्रसरता लिनुपर्ने औंल्याएका थिए ।

त्यसयता सशस्त्र प्रहरी बलले मात्र गत फागुनमा मात्र ३ सय २४ क्यारेट सेतो अन्डा बरामद गरी नष्ट गरेको छ । चैत २ गते ४५ क्यारेट सेतो अन्डा महोत्तरीमा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताए ।

उनले मुख्यमन्त्री सिँहको निर्देशनपछि सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दैआएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा कडा तथा तीव्र बनाइएको जानकारी दिए ।

सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यावसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्ड फ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक संघले बुधबार मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराएको थियो ।

कुखुरापालक व्यावसायीहरूले देशको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग मुख्यमन्त्री सिँहसँग गरेका थिए ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar