KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काठमाडौँमा समाजवादी मोर्चाले चैत १५ गते प्रदर्शन गर्ने

काठमाडौँमा समाजवादी मोर्चाले चैत १५ गते प्रदर्शन गर्ने

काठमाडौँ, २ चैत । समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
प्रेस विज्ञप्ति
देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

१. नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, महिला, दलित (श्रमिक समुदाय), आदिवासी, जनजाति आन्दोलन, उत्पीडित क्षेत्रका जनताको आन्दोलन, थरुहट आन्दोलन र एकीकृत जनक्रान्ति लगायतका संघर्षमा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ । वेपत्ता योद्धाहरुको स्मरण र घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौ । गणतान्त्रिक र क्रान्तिकारी इतिहास रचनामा ऐतिहासिक योगदान गर्ने महान् नेपाली जनतामा उच्च सम्मान सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौ ।

२. नेपाली जनताको जीवन मरणको अनवरत संघर्षको बलमा २ सय ३८ बर्षे सामन्ती शासनको अन्त्य भएको हो । १ सय ४ बर्षे राणा शाशन विरुद्धको संघर्ष, ३० बर्षे पञ्चायती निरङ्कुश व्यवस्थाका बिरुद्ध संघर्ष, ०४६ साल पछिको सामन्तवाद र पूजीवादी प्रतिक्रियावाद विरुद्धको संघर्षमा ०७ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको विशेष र निर्णायक भूमिका छ । आन्दोलन र जनयुद्धको बलमा स्थापीत भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तनको प्रतिनीधी थियो । यसले राष्ट्रको स्थाधीनता, नेपाली जनताको मुक्ति र देशको सम्वृद्धिका लागि नेपाली जनतालाई अभुतपूर्व रूपमा आशावादी बनाएको थियो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ ।

३. सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।
४. देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवी लगायत नेपाली समाजका सवै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ । 

यसका लागि २०८१ चैत १५ गते (शुक्रवार) का दिन काठमाण्डौमा विशाल विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरु, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौं।

 

Facebook Comment


Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

ताजा समाचार

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar