काठमाडौँ, २५ फागुन । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
महोत्तरीको बर्दिबासमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक उपाध्यक्ष साहले बहिष्कार गरेका हुन् । स्रोतका अनुसार उपाध्यक्ष साहलाई पार्टी डा.सिके राउतले स्पष्टीकरण सोधेको र अनुशासन समितिको संयोजकबाट हटाइएका कारण उनी असन्तुष्ट थिए र त्यही असन्तुष्टिका कारण बैठक बहिष्कार गरेका हुन् ।
अध्यक्ष राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको छ । शनिवार पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पनि सात दिनको स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बन गरिएको छ ।














