महोत्तरी, २३ फागुन । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् ।
महोत्तरी गाँउपालिका वडा नं. ६ हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अहिले घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














