काठमाडौं, ५फागुन । भारतको राजधानी दिल्लीमा सोमबार बिहान भूकम्प गएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५ः३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले एक्समा लेखेको छ– भूकम्पको केन्द्र दिल्लीमा जमिनबाट ५ किलोमिटर गहिराइमा थियो ।
यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.० मापन गरिएको थियो । दिल्ली प्रहरीले सन्देशमा लेखेको छ– हामी आशा गर्छौं कि तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ।
भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थियो । थप विवरण आउन बाकी रहेको छ ।














