KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विश्वकपको फाइनलमा महिला र पुरुष आज खोखो खेल्दै

विश्वकपको फाइनलमा महिला र पुरुष आज खोखो खेल्दै

काठमाडौं, ६ माघ । विश्वकप खोखाको फाइनलमा नेपालका महिला र पुरुष प्रवेश गरेका छन् ।

आज आइतवार दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ । भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुने जनाएका छ । शनिबार भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो ।

यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ । नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन । महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको जनाएको छ ।

नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपाली महिला टिमले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हराएको थियो । तेस्रो ‘टर्न’ मा नेपालले उत्कृष्ट डिफेन्स गर्दै थप आठ अङ्क जोड्यो भने अट्याक गर्ने युगान्डलाई मात्र छ अङ्क बनाउन दिएको थियो । त्यसपछि चौथो ‘टर्न’ मा नेपालले निरिह बनिसकेको युगान्डाविरुद्ध थप ५० अङ्क थपेको थियो ।

नेपालको पुरुष टिम भने उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धात्मक स्कोरमा ४२–३७ ले पराजित भएको थियो । त्यसपछिका खेलमा भने नेपालले पेरु, ब्राजिल, भुटान र बङ्गलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

टस जितेर पहिलो टर्नमा डिफेन्स गर्ने निर्णय गरेको नेपालले इरानलाई आठ अङ्कमा रोक्यो भने आफूले तीन ड्रिम रन अङ्क प्राप्त गरेको थियो। त्यसपछि दोस्रो ‘टर्न’ मा नेपालले इरानलाई आठ अङ्कमै रोकेर आफ्नो स्कोर ३५ पु¥याएको थियो। तेस्रो टर्नमा इरानले अट्याकमा केही सुधारिएको प्रदर्शन गरी १२ अङ्क जोड्यो। नेपालले सो टर्नमा पनि एक ड्रिम रन बनाएको थियो। तेस्रो टर्न सकिँदा नेपालले ३६–२० ले फराकिलो अग्रता बनाइसकेको थियो । नेपालले चौथो टर्नमा इरानका थकित खेलाडीलाई थप निरिह पार्दै थप ३६ रन थप्यो।

सो खेलमा नेपालका जनक चन्द सर्वश्रेष्ठ खेलाडी र सुरज पुजारा उत्कृष्ट डिफेन्डर भए ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar