काठमाडौं, १४ पौस । दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा उद्धार गरिएका २ जनाबाहेक अरू आशंकामा सबैको मृत्यु भएको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सीले उधृत गर्दै विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
बैंककबाट फर्किएको जेजु एयरको उडान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको हो । दुर्घटना स्थानीय समयानुसार आइतबार बिहान ९ : ०७ बजे भएको हो । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।














