काठमाडौं, ४ पुस । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्को बैठक तय भएको छैन । बिहीबार बस्ने भनिएको बैठक नियमित हो ।
तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन, सचिवालयले भनेका छन ।












