KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुदूरपश्चिम एनपीएलको फाइनलमा, जनकपुर बोल्ट्सले दोस्रो मौका पाउने

सुदूरपश्चिम एनपीएलको फाइनलमा, जनकपुर बोल्ट्सले दोस्रो मौका पाउने

काठमाडौं, ३ पौस । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो संस्करणको एनपीएलको उपाधिनजिक पुगेको छ । पराजित जनकपुरले अब फाइनल पुग्नका लागि दोस्रो मौका पाउनेछ ।

लिगको दोस्रो क्वालिफायरमा जनकपुरले एलिमिनेटर खेलको विजेता कर्णाली याक्सविरुद्ध खेल्नेछ । आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । ओपनर विनोद भण्डारी ५८ र कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे। भण्डारीले ५५ बलमा ३ चौका र ३ छक्का हाने ।

उनले ४१ बलमा अर्धशतक पूरा गरेका थिए। कप्तान ऐरीले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्राण्डोम म्याकमुलेनले ५९ रनको साझेदारी गरेपछि सुदुरपश्चिमले सहजै लक्ष्य भेट्टाएको हो ।

म्याकमुलेनले १९ बलमा १ चौका र १ छक्का सहयोगमा २५ रन बनाउँदा ललित राजवंशीको बलमा जिम्मी निसमको हातबाट क्याच आउट हुन पुगे ।

पहिलो विकेटका लागि विनोद र सैफ जैवले ७.३ ओभरमा ५६ रनको साझेदारी गर्दै सुदुरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । ओपनर सैफ जैव ३२ रन बनाउँदै किशोर महतोको बलमा जिम्मी निसमको हातबाट क्याच आउट भए ।

उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो ।

जिम्मी निसमले बनाएको ४४ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए । शुभ कंसाकार २६ रनमा रनआउट भए ।

१२ रन बनाउँदा हर्ष ठाकेर सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए । ओपनर लाहिरु मिलान्था १४ बलमा २ चौका सहयोगमा १२ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे ।

कप्तान आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए । सुदुरपश्चिमका लागि दिपेन्द्रसिंह ऐरिले ३ विकेट झारे। सैफ जैवले २ विकेट लिए।

स्कट कुग्लेजिन र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे । लिगमा भोलि बिहिबार दोस्रो क्वालिफायर खेल हुनेछ। सो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। फाइनल खेल शनिबार हुनेछ ।

Facebook Comment

Related Posts

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

बारीमा छाडिएको करेन्टमा परेर महिलाको मृत्यु, श्रीमान नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar