KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दुर्गा प्रसाईं  कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन्

दुर्गा प्रसाईं  कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन्

काठमाडौं, २७ मंसिर । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका लागि प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको थियो । साइबर ब्यूरोले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको हो । यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ । पटेक कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा प्रसाईंविरुद्धको पेसी तोकिएको छ । अब प्रसाईंको बयान हुनेछ ।

त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश आउने छ । यता साइबरको कसुरमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारको भन्दै प्रसाईंले बयान दिएका छन् । कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईं बयान दिएका छन् । नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू बिदेश पलायन, सामान्य नागरिकले महंगीको मारमा झेल्नु परेको पीडा पिरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रुपमा मैले विगत ३ वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रुपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु । सो कार्यहरू गर्नमा अबरोध सृजना गर्ने नेपालको वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु ।

हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड युएस डलर लगानी गरेको’ त्यसको नेपाली अन्दाजी साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए ।

त्यसो भए तपाईसँग के प्रमाण छ भन निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली बिजनेस फर्मको लागि १४ मे २०१९ मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्स एपमा पठाई देउ भनेकोमा निजले पठाइ दिएका थिए ।

Facebook Comment

Related Posts

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar