काठमाडौँ, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा आएर जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ ।
आज बुधबारको पहिलो खेलमा सुदूरपश्चिमसँग ७२ रनको फराकिलो अन्तरले पराजित हुँदै जनकपुरले पहिलो हार भोगेको छ । योसँगै अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले समान एक खेलमा हार र चार खेलमा जित निकालेका छन् ।
जितसँगै सुदूरपश्चिमले ५ खेलबाट ८ अंक जोडेको छ । पराजित जनकपुरको पनि समान खेलबाट ८ अंक छ र यो जितपछि सुदूरपश्चिमले जनकपुरसँग अंकतालिकाको शीर्ष स्थान खोसेको छ ।
सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदा अलआउट भएको थियो ।














