काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको पक्षमा उत्रिएका छन् ।
सरकारले अनुन्धानका क्रममा निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्ड रास्वपाका अध्यक्ष लामिछानेको पक्षमा उत्रिएका छन ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं ल्याएर पर्सा लगिएको हो ।
हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।














