काठमाडौं, १२ मंसिर । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपीजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो स्रग्राहलयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।














