काठमाडौ, २७ कात्तिक । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई कारागार चलान गरिएको छ ।
मनाङेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर डिल्लीबजार कारागार चलान गरिएको सीआईबी प्रमुख दीपक थापाले जानकारी दिएका छन ।
अर्का गुन्डानाइके चक्रेमिलनमाथि तरबार आक्रमण गरेको अभियोगमा मनाङेलाई ५ वर्ष कैद सजाय सुनाइएको छ । यसअघि नै २ वर्षभन्दा बढी कारागार बसिसकेका मनाङे अब २८ महिना कारागार बस्नुपर्नेछ भने मनाङे गण्डकी प्रदेशका पूर्वमन्त्री समेत हुन् ।














