काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नयाँ राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेका छन् ।
मन्त्रिपरिषदले सिफारिश गरेका रेग्मी र ओलीको नाम संसदीय सुनुवाइ विशेष समितिबाट असोज ४ गते अनुमोदन भएपछि आइतबार नियुक्त गरिएको जनाइएको छ ।














