जनकपुर, २ कार्तिक। मधेश प्रदेश सभा सदस्य लखन दासले केपि खवरको कार्यालयको अवलोकन गर्नुभएको छ ।
यस क्रममा उहाँले मिडियालाई देशको चौथो अंग र समाजको ऐनाका रूपमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
उहाँले मिडियामा बढ्दो समस्याबारे चासो व्यक्त गर्दै सरकारलाई संचारकर्मीहरूको लागि अझै शशक्त र प्रभावकारी कार्यक्रमहरू ल्याउन आग्रह गर्नुभयो ।
दासका अनुसार, मिडियाको स्थिति सुधार्न र पत्रकारहरूको हकहितको रक्षा गर्न आवश्यक छ । उहाँले मिडियाको महत्व र यसको सकारात्मक परिवर्तनमा ध्यानाकर्षण गर्न आवश्यक भएको बताएका छन् ।
अवलोकनका क्रममा संविधान सभा सदस्य फरमुद नदाफ पनि उपस्थित थिए ।














