काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाएका छन् ।
प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट प्रधानमन्त्रीको निवास बालुवाटारमा दसैँको टीका ग्रहण गरेका हुन् ।
शनिबार बिहान ११ बजेर ३६ मिनेट जाँदाको शुभ साइतमा ओलीले दसैँको टीका र जमरा ग्रहण गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई भने टीका नलगाइदिने भएका छन् ।
प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै प्रधानमन्त्रीले ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने जानकारी दिएका थिए ।














