KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरहाको गौरराहाको नाकाबन्दीमा संलगनलाई कार्यवाही गर्न गृह मन्त्रालयलाई ज्ञापन

सिरहाको गौरराहाको नाकाबन्दीमा संलगनलाई कार्यवाही गर्न गृह मन्त्रालयलाई ज्ञापन

राजविराज, ११ असोज । सिरहा जिल्लाको नरहागाउँपालिका–१, गौरराहामा बसोबास गर्ने दलित मुसहर समुदायका ४५ परिवारमाथि भएको नाकाबन्दी र संविधानले प्रदत्त अधिकारहरूको हननको विरुद्धमा सप्तरीका दलित नागरिक समाजले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

दलित सरोकार मञ्च नेपाल, सप्तरी र विभिन्न दलित नागरिक समाजका संस्थाहरूले एकजुट हुँदै नाकाबन्दी लगाउनेलाई कार्यवाही गर्न शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् ।

सिराहा जिल्लाको गौरराहा गाउँमा महेश यादव नामक व्यक्तिले आफ्नो खेतको धानगोडमेल नगरेको निहुँमा मुसहर समुदायले वर्षौँदेखि प्रयोग गर्दै आएको मुख्य आवागमन मार्ग काडाले छेकेर बन्द गरेका छन् । यस घटनाले मुसहर समुदायको दैनन्दिन जीवनलाई ठुलो कठिनाइमा पारेको छ।

यादवले यो बाटो आफ्नो निजी सम्पत्ति भएको र यसमार्फत मुसहर समुदायले आवतजावत गर्न नपाउने धम्की दिएका छन्। यसका साथै, उनले सम्पूर्ण बस्तीलाई नै विस्थापित गर्ने धम्की दिइरहेका छन् । ज्ञापनपत्रमा दलित समुदायले संविधानमा प्रदत्त मौलिक अधिकारहरूको ठाडो उल्लङ्घन भएको र यसले उनीहरूको मानवीय गरिमा र आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको बताएका छन् । संविधानको धारा १७(२) अनुसार कुनै पनि नागरिकलाई नेपालभित्र स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकारको उल्लङ्घन हुनु, र संविधानको धारा २४(५) अनुसार दलित समुदायमाथि गरिएको भेदभाव र शोषण दण्डनीय अपराधको रूपमा परिभाषित भएकोले, महेश यादवविरुद्ध तुरुन्त कानूनी कारबाही गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा थप उल्लेख गरिएको छ कि प्रहरी र स्थानीय निकायले यो घटनामा प्रभावकारी रूपमा कारबाही नगरेको, पीडितको उजुरी दर्ता नगरी बेवास्ता गरिएको, र यसले न्याय सम्पादन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।

ज्ञापनपत्रमा मुसहर समुदायको आवागमनको मार्ग तत्काल खुलाउन आवश्यक कदम चाल्न,महेश यादवविरुद्ध कानूनी कारबाही गर्न,उजुरीलाई बेवास्ता गर्ने प्रहरी अधिकारीहरूको भूमिकामा छानबिन गर्न,दलित समुदायको आवतजावत सुनिश्चित गर्न वैकल्पिक मार्गको दीर्घकालीन व्यवस्था गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने संघहरूले यो घटना अन्य दलित समुदायहरूमाथि भइरहेको अन्याय र विभेदको गम्भीर उदाहरण भएको बताएका छन् र सरकारसँग तुरुन्त न्यायिक कारबाहीको माग गरेका छन् ।ज्ञापनपत्र बुझाउनेमा राजकुमार पासवान, दलित सरोकार मञ्च नेपाल, रामनाथ राम, पीडित उत्थान क्लब, विष्णुपुर गाउँपालिका वडा नं. ७, पारस कुमार रजक, चौतर्फी विकास केन्द्र, छिन्नमस्ता गाउँपालिका वडा नं. ७ र मनोज राउत, नेपाल राउत मेहतर उत्थान समाज, राजविराज, वडा नं. ७, सप्तरी रहेका छन् ।

सप्तरीका दलित संघहरूले यो ज्ञापनपत्रमार्फत सरकारलाई मुसहर समुदायको अधिकार हननको गम्भीरता बुझाउन प्रयास गरेका छन् र न्यायिक हस्तक्षेपको अपिल गरेका छन् ।

Facebook Comment

Related Posts

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar