काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ ।
सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको छ ।
रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।
कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ, यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।














