काठमाडौँ, २० भादौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने निर्णय गरेको छ ।
२५ भदौदेखि १२ असोज सम्म न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरिएको स्रोतले जनाएको छ ।
ती स्रोतका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायतको टोली जानेछन ।














