काठमाडौँ, २० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सुरु भएको छ ।
सर्लाहीको लालबन्दीमा सुरु बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बैठकमा सहभागी हुन सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, काव प्रवक्ता झालगायत सर्लाही पुगेका छन् ।
रास्वपाले असोज पहिलो साना राष्ट्रे भेला गर्दैछ। भेलाअघि सभापति लामिछानेको उपस्थितिमा सबै प्रदेशस्तरीय बैठक गर्ने केन्द्रीय समितिको निर्णय अनुसार आज मधेस पुगेका हुन्।














