जनकपुर, १६ भादौं । जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगर निवासी लक्ष्मण साह जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पद निर्विरोध निर्वाचित भएको छ ।
पछिल्लो निर्वाचनमा उपाध्यक्षकै पदमा पराजित भएका यस पटक निर्विरोध रुपमा साह उपाध्यक्ष बन्न सफल भएको छ ।
उनका विरुद्व उम्मेदवारी दर्ता गराएका कपलेश्वरका बिश्वनाथ साह सुडी आफनो उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध हुने पहिलो उम्मेदवार बन्न सफल भएको छ ।
निर्वाचन समितिका अध्यक्ष ललित साहले १२ बजेर २० मिनेटमा सुडीले उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ । 














