जनकपुर, १६ भदौ । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा रहेकी छिन ।
शनिवार दिनको ३ बजे उनलाई गोमन सर्पले टोकेको थियो । सर्पले डसेपछि उपचारामा नलगी धामी झाँक्रीकहा लगिएको थियो ।
झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।
चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।














