काठमाडौँ, १३ भादौ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ ।
मुख्य सचिव लीलादेवी गड्तौला शुक्रवारदेखि अवकाशमा जान लागेकाले सरकारले बिहिवार मुख्यसचिवमा नियुक्त गरेको छ ।
सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका तोयनारायण ज्ञवाली थिए । दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए ।














