काठमाडौं, १३ भादौं । बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको जानकी गाउँपालिका–६ कोडारपुरस्थित नेपालगन्ज सडकखण्डको गनापुर भन्ने ठाउँमा भे १ ख २१२८ नम्बरको बस दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसका घाइतेमध्ये २० जनालाई भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी गराएको छ।
५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ ।














