काठमाडौँ, १२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी वैशाखमा महाधिवेशन गर्ने तयारी गरेको छ ।
लामो समय महाधिवेशन गर्न नसकेको लोसपाले आउँदो वैशाखमा महाधिवेशन गरेर नयाँ समिति बनाउने तयारी गरेको हो । वैशाखमा महाधिवेशन गर्ने गरी तयारी अगाडि बढाइएको लोसपाले जनाएको छ। यसका लागि विभिन्न समिति बनिसकेका छन् ।
नयाँ सदस्यता लिने र नवीकरण गर्ने प्रक्रिया पनि अघि बढेको लोसपाका महासचिव मनीष मिश्रले जानकारी दिए । पदाधिकारी बैठकबाट महाधिवेशन मिति तोकिने सम्भावना छ ।
पटक–पटक एकता र विभाजन भोगेको यो पार्टीमा ठूलो केन्द्रीय कार्यसमिति बनेको छ । केही समयअघि मात्रै राजेन्द्र महतोले लोसपा छाडेका थिए ।
नेतृत्व नपाउने निश्चित भएसँगै लोसपा छाडेका उनी अहिले राष्ट्रिय मुक्ति क्रान्तिको अभियानमा छन्। अहिले लोसपामा महन्थ ठाकुर अध्यक्ष छन् ।














