काठमाडौँ, १० भदा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन् ।
सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गनेभन्दै सरकारले कुनै पनि किसिमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताएका हुन् । अहिलेको सरकारले कसैलाई फसाऔँ भनेर आदेश दिँदैन ।
ढुक्कले काम गर्नुहोस् । सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईँहरू स्पष्ट हुनुहोस् ।
उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्त्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने बताए म तपाईँहरूले सुझाव दिन चाहन्छु ।
पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ ।














