काठमाडौं, ७ भदौ । मर्स्याङ्दी नदीमा भारतीय नम्बरप्लेटको बस खसेको छ ।
पोखरादेखि काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बताएको छ । बसमा ४० जना यात्रु रहेका थिए ।
बिहान साढे ११ बजेतिर ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेकोमा उद्धारका लागि घटनास्थलमा प्रहरी पुगिसकेको तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले बताए । अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।














