हुम्ला, ५ भादौँ । हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएका बताएको छ ।
चालकसहित सातजना सवार जिप दुर्घटना हुँदा पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।
दुई जनाको अवस्था सामान्य छ । गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।














