काठमाडौं, ५ भादौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।
मंगलबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।














