KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकार जनकपुरधामको पर्यटकीय विकासमा तत्पर

मधेश सरकार जनकपुरधामको पर्यटकीय विकासमा तत्पर

जनकपुर, १ भदौ । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको तेलहा पोखरीमा फाउन्टेन्स(पानी फोहोरा) सँगै डिजिटल लाइटिङ्ग तथा पोखरी डिलमा व्यवस्थित विश्राम स्थल विकसित गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार बिहान तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्देश प्रवाहित हुने डिजिटल लाइटिङ्ग गर्न प्रदेश सरकारले पूर्वाधार तयार गर्न सहयोग गर्ने बताए ।

उनले धार्मिक नगरी जनकपुरधाममा पर्यटक आकर्षित गर्ने छनोटमा आधारित विकल्पहरू भए पर्यटकको बसाइअवधि लम्बिने तथा धार्मिक एवम् पुरातात्त्विक महत्वका धरोहरहरूको संरक्षण तथा संवद्र्धन हुने उल्लेख गरे ।

जानकी मन्दिरको उत्तरपट्टि रहेको अतिक्रमित तेलहा पोखरीको केही समयअघि उद्धार गरी पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो ।

मुख्यमन्त्री सिँहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको सौन्दर्यीकरणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताए । मुख्यमन्त्री सिँहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न साथमै रहेका धनुषाका डिभिजनल वन अधिकृत(डिएफओ) बेचन चौधरीलाई निर्देशन दिएका छन् ।

उनले छठ घाटका रूपमा प्रयोग गर्न असुविधा नहुनेगरी अरगजा पोखरीको डिलमा गुलमोहरको वृक्ष रोप्न डिफओ चौधरीलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिँहले पोखरीको दक्षिणी डिलमा पन्ध्र मिटरको दुरीमा लस्करै गुलमोहरको रूख रोपिए केही वर्षभित्र रूख र फुलको संयोगले पोखरी क्षेत्रको आकर्षण हवात्तै बढ्ने बताए ।

मुख्यमन्त्री सिँहको निर्देशनअनुसार डिएफओ चौधरीले वृक्षरोपणका लागि समन्वयसहितको काम आजै अघि बढाएका छन् । आइतबार साँझसम्म वृक्षरोपण सकिसक्ने डिएफओ चौधरीले बताए ।मुख्यमन्त्री सिँहले अरगजा पोखरीमा पालन भएको माछालाई आहार पनि खुवाएका छन् । पोखरी दर्शनका लागि जानेहरूले त्यहाँ पालिएका माछालाई आहाराका रूपमा भुजा(मुरही) र सोयाबिन खुवाउने गरेका छन् । सोयाबिनले माछा मर्न थालेपछि भने केही समययता त्यसमा रोक लगाइएको छ ।

मुख्यमन्त्री सिँहले अरगजा पोखरी वरपर अतिक्रमित सडक तथा पेटी क्षेत्रलाई खाली गराउने विषयमा समेत चासो लिएका छन् । उनले अव्यवस्थित तवरले सञ्चालित टहरा र ठेलाका पसल तथा गाडी पार्किङ्गले धार्मिक क्षेत्रको सौन्दर्य बिगार्ने हुँदा पसल सञ्चालका लागि वैकल्पिक उपाय गरी व्यवस्थापन गरिनुपर्ने बताए ।

मुख्यमन्त्रीसँगै रहेका जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले पचास वर्षभन्दा बढी समयदेखि पोखरी वरपर त्यस्ता पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताए ।

उनले वैकल्पिक व्यवस्था कसले गरिदिने भन्नेबारे मुख्यमन्त्री सिँहलाई भने केही सुझाएनन् । मुख्यमन्त्री सिँहले जानकी मन्दिर परिसरमा शौचालय तथा खानेपानी व्यवस्थाको समेत अवलोकन गरेका छन् ।उनले प्रदेश सरकारले विनियोजन गरेको शौचालयको बजेट जानकी मन्दिर परिसरमा शौचालय निर्माणमा खर्च गर्ने व्यवस्था मिलाउन प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिँहले मन्दिर पछाडि अधुरो अवस्थामा रहेको आवासीय संरचनालाई पूर्णता दिएर पर्यटक आवासगृह बनाउन सकिने बताए ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

सरकारले राजनीतिक प्रतिशोधको बाटो समात्यो : झाँक्री

बालेन सरकारका अधिकांश मन्त्री रास्वपा केन्द्रीय समितिमा, यादव हारे

बालेन सरकारका अधिकांश मन्त्री रास्वपा केन्द्रीय समितिमा, यादव हारे

महन्थ ठाकुरद्वारा पिपरा गाउँपालिकाको नवनिर्मित ‘जनता दरबार’ भवनको निरीक्षण

महन्थ ठाकुरद्वारा पिपरा गाउँपालिकाको नवनिर्मित ‘जनता दरबार’ भवनको निरीक्षण

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

प्रचण्ड-नेपाल र शेखर कोइरालाबीच राजनीतिक छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar