काठमाडौं, ३२ साउन । साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत भएको छ ।
मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको पुष्टि भएको जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीले जानकारी दिनुभएको छ ।
आफन्त आएर मृतकको सनाखत गरेका छन्,’ डीएसपी कार्कीले भने, ‘शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजे गट्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
सुरुमा प्रहरीले दुर्घटनामा परेको स्कुटर चालक महिला भएको विवरण सार्वजनिक गरे पनि पछि त्यसलाई सच्याएको थियो ।














