सर्लाही, २० साउन । सर्लाहीको मलङ्गवा नगरपालिकामा बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज २ त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका छन भने उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।














