काठमाडौं, २० साउन । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र कुनै गुटबन्दी स्वीकार्य नभएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत उपाध्यक्षसहितका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने क्रममा उनले यस्तो भनेका छन ।
हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन । ओलीले भने, कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन । साथै गुटबन्दीको विषयलाई गम्भीर भएर मनन गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि ओलीले आग्रह गरे ।
लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्यता र प्रभावकारिता बढाउनका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे ।














