काठमाडौँ, १७ साउन । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको छ । एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्यको घोषणा गरेको थियो ।
बाँकी केन्द्रीय सदस्यको घोषणा शुक्रबार गरेको एकीकृत समाजवादीले केही पदाधिकारीको चयन गर्न बाँकी रहेको छ । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको छ ।
साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका थिए ।














