KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विभेद अन्त्यका लागि दलित पत्रकारको भूमिका महत्वपूर्ण

विभेद अन्त्यका लागि दलित पत्रकारको भूमिका महत्वपूर्ण

सिरहा, ५ साउन । मधेस प्रदेशको मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि दलित समुदायका पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

धेरैले दलित पत्रकारहरू किन सङ्गठित हुनुप¥यो भन्ने प्रश्न गर्ने गरेका सुनाउँदै उनले भने– पीडितको पीडा सबै भन्दा बढी आफैँलाई थाहा हुने भएकाले दलित समुदायले पनि आफैँ संस्था खोलेर सङ्गठित हुनु स्वाभाविक हो ।

युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित पत्रकार सञ्जालका पदाधिकारीहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिम समापन अवसरमा दासले यस्तो धारणा राखेका हुन् ।

सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले दलित समुदायका पत्रकारहरू हरेक कुरामा पछाडि पारिएकाले उनीहरूबीच समस्या पनि धेरै छन् भने । त्यसैले सबै मिलेर यस्ता चुनौतीको मुकाबिला गर्न पनि उनले सुझाव दिए ।

साथै मिडिया काउन्सिलले उपलब्ध गराउने लेखनवृत्तिलगायतका सुविधा प्राप्त गर्न पहलकदमी लिन पनि सहभागीहरूसँग आग्रह गरे । तालिमका सहभागी दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले तालिमबाट आफूहरूले पत्रकारिताका आधारभूत जानकारी हासिल गरेको र त्यसलाई काम गर्ने क्रममा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनीहरूले पत्रकारिता पनि एउटा सिप नै भएकाले यो सिपको प्रयोगमार्फत दलित समुदायले भोग्नुपरेका उत्पीडनलाई बाहिर ल्याइ समाधानका लागि अधिकतम पहल गर्ने उल्लेख गरेका थिए ।

तालिमका सहभागी रौतहटस्थित वृन्दावन नगरपालिकाका पत्रकार राजेश पासवानले अहिलेसम्म आफूहरूले यति जानकारी पनि नपाएको अवस्थामा यहाँबाट फर्केपछि गरिने पत्रकारिता अझ सशक्त तुल्याउन ऊर्जा मिलेको बताए ।

तालिमका क्रममा सहभागी पत्रकारहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ लागु गराउने, पालिकाहरूले वितरण गर्ने बजेटमा देखिएको दलित विरोधी भावनाविरुद्ध अभियान चलाउने र सँगैसँगै पत्रकारको क्षमता अभिवृद्धिका उपायहरू पनि खोजी गर्ने बताएका थिए ।

तालिमका सहभागी जनकपुरका पत्रकार कुलदीप दासले भने– हामीले प्रगति गर्न नसक्नुमा यस्तो तालिम अभाव पनि एक हो । जुन तालिममा सहभागी हुन पाएपछि निकै खुसी लागेको छ ।

अबका दिनमा पनि दलित सरोकार मञ्चले यस्ता क्षमता विकासका अवसरलाई निरन्तरता दिनुपर्छ । तालिममा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरू सहभागी थिए ।

जसले आफूहरूले भोग्नुपरेका समस्या, तिनबाट मुक्तिका लागि अपनाउनुपर्ने उपाय तथा यसका लागि आवश्यक पर्ने स्रोत र मार्गबारे व्यापक मन्थन गरेका थिए ।

साथै उनीहरूले आफू र आफू आबद्ध सञ्चार संस्थाका सबल र दुर्वल पक्षबारे छलफल गरेका थिए भने अवसर र चुनौती पनि निक्र्योल गरेका थिए । तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले पत्रकार नेतामा हुनुपर्ने गुणबारे बताउँदै उनीहरूले आफ्नो समुदायले भोग्नुपरेका पीडा उजागर गर्न कस्तोखालका उपाय र शैलीहरू अपनाउनुपर्छ भन्नेबारे प्रशिक्षण दिएका थिए ।

कमजोरी पत्ता लगाइ त्यसबाट सिक्ने प्रक्रियाले मात्र टुङ्गोमा पु¥याउने उनको सुझाव थियो । त्यसैगरी अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले पत्रकारितामा स्रोत आवश्यक किन पर्छ, यो कति प्रकारका हुन्छन्, कसरी सूचना प्राप्त गर्ने, सार्वजनिक निकायले सूचना दिएनन् भने कस्तो कानुनी मार्ग अवलम्बन गर्ने भन्ने जस्ता जानकारी गराएका थिए ।

साथै उनले पत्रकारितामा भाषाको भूमिका कस्तो हुनुपर्छ भन्नेबारे पनि सहभागीलाई मसिनो तरिकाले जानकारी गराएका थिए । यो कार्यक्रम आयोजना गर्ने दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले २ दिने तालिमबाट दलित समुदायका पत्रकारले कति सिके भन्ने भन्दा पनि आठै जिल्लाका एउटै र उस्तै पीडा भएका समुदायका पत्रकारहरूको एउटै थलोमा उपस्थिति सबै भन्दा ठूलो विषय रहेको बताए ।

उनले भने– यो अभूतपूर्व सहभागितालाई शक्तिमा परिणत गर्दै अगाडि बढ्न सकियो भने दलित समुदायले खेप्नुपरेका समस्या चाँडै हल हुनेमा शङ्का छैन ।

Facebook Comment


Related Posts

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

खर्च कटौती प्रस्तावमाथि निर्णय गर्दै प्रतिनिधिसभा

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

ताजा समाचार

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

खर्च कटौती प्रस्तावमाथि निर्णय गर्दै प्रतिनिधिसभा

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar