KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशका दलित समुदायका पत्रकारहरुलाई चौतर्फी चुनौती

मधेशका दलित समुदायका पत्रकारहरुलाई चौतर्फी चुनौती

सिरहा, ४ साउन । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता समस्याले पेसा गर्न बाधा पु¥याएको उनीहरूको दाबी छ । दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गार्हो

भएको उनीहरूको भनाइ छ । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत दलित पत्रकार सञ्जालका पदाधिकारीहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

तालिमका सहभागीहरूले आफूहरूलाई स्थानीय सरकारले समेत क्षमता विकासका लागि कुनै सहयोग नगरेको, उल्टै पत्रकारका रूपमा जाँदा पनि विभेद गर्ने गरेको र सूचना दिनसमेत नमान्ने परिपाटी विकास हुँदै गएको गुनासो पनि गरे ।

क्षमता अभावका साथै कम्प्युटर, मोबाइल, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक सामग्रीमेत नहुँदा गैरदलित पत्रकारसरह काम गर्न नसकिएको भनाइ पनि उनीहरूको थियो ।

तालिमका क्रममा सहभागीहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ र त्यसमा उल्लिखित प्रावधानहरू पालिकाहरूले नै पालना नगरेको जस्ता सवाल उठाएका थिए ।

साथै अहिले पनि जातीय विभेदका घटना दोहोरिइरहेका र कानुनको कार्यान्वयन प्रभावकारी नभएको विषयमा पनि उनीहरूले रिपोर्टिङ गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।

तालिमका अवसरमा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले आफूहरूबीच एकातिर पत्रकार क्षमता विकासको अवसर पहिल्याउनुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नो समुदायका उत्पीडनका घटना पनि उजागर गनुपर्ने दायित्य छ भन्दै थपे– आफूहरू नै अभाव र पीडाबाट गुज्रिरहेका बेला एकैपटक २ वटा जिम्मेवारी पूरा गर्न निकै कठिनाइ भोग्नुपरेको छ ।

तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि अपनाउनुपर्ने क्रियाशीलता र त्यसले पेसालाई सहज तुल्याउन गर्ने मद्दतबारे जानकारी गराएका थिए ।

त्यस क्रममा मिश्रले दलित समुदायका पत्रकारको सवल र दुर्वल पक्ष अनि चुनौतीहरू निक्र्यौल गर्दै यसलाई कसरी अवसरमा बदल्ने भन्नेबारे सुझाएका थिए ।

अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले लेखन÷पत्रकारिताका माध्यमबाट दलित समुदायका समस्या पहिचान गर्ने, एङ्गलिङ गर्ने, त्यसलाई प्रस्तुत गर्ने तरिकाबारे बताएका थिए ।

साथै उनले सत्यतथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्र पत्रकारको वास्तविक सुरक्षा गर्न सक्ने भएकाले यो पक्षलाई जस्तै प्रतिकूल अवस्थामा पनि छाड्न नहुने सुझाव दिएका थिए ।

आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति निर्माण र प्रभावकारी बनाउने जस्ता क्षेत्रमा क्रियाशील तुल्याउन दलित पत्रकार सञ्जालका पदाधिकारीलाई यस्तो क्षमता विकास तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

खासगरी दलित कार्यपालिका सदस्य, राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र दलित नागरिक समाजका पदाधिकारीहरूलाई सक्रिय तुल्याइ सहकार्य गराउनु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको जानकारी पनि गराए ।

Facebook Comment

Related Posts

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar