काठमाडौं, १ साउन । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
तीन जनाको अवस्था गम्भीर रहेको छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस मंगलवार बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














