जनकपुरधाम, २३ असार । नेपाली कांग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुंगो लगाएको छ ।
आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको छ ।
कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगोबताइएको छ ।
कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् ।
केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो भने कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।














