KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा ६ मन्त्री बर्खास्त

मधेशमा ६ मन्त्री बर्खास्त

जनकपुर, २२ असार । जनमत नेतृत्वको मधेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका छन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी की गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् ।

मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्तसहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत राखेका छन् ।

२५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले मधेश प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको समिकरण भएपपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको थियो ।

त्यस अनुसार मधेशमा कांग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् ।

कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएको छ । शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

बर्खास्त गर्नु अघि चारदलका मन्त्रीलाई मुख्यमन्त्री सिंहले राजीनामा दिन भनेका थिए । तर राजीनामा ढिलो आउने तथा विश्वासको मत लिनु पर्ने दबाबको कारण उनले बर्खास्त गरेका हुन् ।

Facebook Comment

Related Posts

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

बैंकिङ कसुर मुद्दामा सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar