जनकपुरधाम, २० असार । महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका –२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ रहेका छन् ।
गत जेठ २८ गते गौशाला नगरपालिका ५ मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने बिनय कुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएका थिए ।
घटनास्थलबाट दुईवटा गोलि र दुईवटा गोलीको खोका बरामद भएको थियो भने दुबैजनालाई महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको छ । दुबैजना जेलाट छुटेका साथी रहेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।














