आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, ८ चैत । बुधबारदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति मधेस,कोशी र बागमती प्रदेशमा वर्षा भएको छ ।

बिहीबार र शुक्रबार पनि वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जनाएका छन ।

उनका अनुसार बिहीबार मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका  छन ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।